काठमाडौं । लामा दाई भनेर चिनिने राजेश लामाले काठमाडौंस्थित आफ्नै घरबाट हिँडेर ५७ दिनमा सगरमाथाको चचुरोसम्म पुगेर असाधारण उपलब्धि हासिल गरेका छन्।
अप्रिल १, २०२४ मा यात्रा सुरु गरेर लामाले हिमाली अन्वेषणको विरासत र मानव मनोबलको अथकतालाई प्रस्तुत गरेका हुन् ।
साहसिक गतिविधिहरूको लागि उच्च गुणस्तरको ट्रेकिङ गियर प्रदान गर्दै आएको दि नर्थ फेस नेपालले लामाको उपलब्धीबारे जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा लामाले ललितपुरको सानेपास्थित आफ्नो घरबाट हिँडेर कुल ४३२.६ किलोमिटरको यात्रापछि सगरमाथाको चुचुरोसम्म पुगेको जानकारी दिए ।
लामा दाईको यात्राले विश्वभरका महत्वाकांक्षी पर्वतारोहीहरुलाई र यसमा लाग्न खोज्ने उत्साहीहरूका लागि प्रेरणा मिलेको कार्यक्रममा उपस्थितहरुले बताएका थिए ।
प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमंड हिलारीको सगरमाथा आरोहणको प्रतिष्ठित मार्ग पछ्याउँदै लामाको सगरमाथाको सफल आरोहण गरेर साहसिक कार्यको असीम सम्भावनाहरूको शक्तिशाली उदाहरण प्रस्तुत गरेको सो अवसरमा विश्लेषण गरिएको थियो ।
लामा दाईले आगामी दिनमा सगरमाथा, नेपालको हिमाल र यसको सुन्दरतासँगै समग्र हिमाली जीवनका बारेमा विद्यालय÷विद्यालयमा पुगेर आफ्ना अनुभव आदानप्रदान गर्ने बताएका छन् ।