api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कारण यस्तो छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबारको तुलनामा तोलामा एक हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो । यसअघि जेठ ७ गतै १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्य नयाँ उचाइमा पुगेको थियो । भन्सार दरमा भएको वृद्धिका कारण नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विश्वव्यापीरुपमा हेर्दा पनि यो साताभर नै विश्व बजारमा सुनको मूल्य उच्च रहेको छ । अमेरिकी डलरको मजवुति कायम रहन नसक्दा र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा चाप परेको विश्लेषकहरुको तर्क छ । विश्व बजारमा साताको चौथो दिन बुधबार साताकै उचाइमा पुगेको मूल्य त्यस पछिका दिनमा भने मत्थर भएको थियो ।

नेपाली बजारमा भने यो साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट वक्तब्य मार्फत सुनको भन्सार दरमा गरेको वृद्धिका कारण मूल्य बढ्न गई हाल साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च अर्थात् नयाँ रेकर्ड राखेको हो । सरकारले भन्सार दरलाई १५ प्रतिशत वाट वृद्धि गरी २० प्रतिशत पु¥याएको छ । जसको प्रभाव सिधै सुनको मूल्यमा परेको हो ।

Health Tips Ad Road Block