skip this News Page Tips Ad Road Block

भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन भोलि(शुक्रबार) का लागि आव्हान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरू हुने गरी आह्वान गरेका हुन् ।

संघीय संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयद्धारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको छ ।

यता नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नभए संसदको बजेट अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ । काँग्रेसमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समिति बनाउने पूर्ववत् अडान यथावत राख्ने निर्णय लिएको र आफूहरुको माग पूरा नभए अभिवेशन चल्न नदिने जनाएको हो ।

सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले अघिल्लो संघीय संसद अधिवेशनमा अवरोध गरेको थियो ।

Health Tips Ad Road Block