skip this News Page Tips Ad Road Block

पोखराका सुकुम्बासीलाई बेघर बनाएर कसैको पनि बिचल्ली नबनाइने सरकारी प्रतिबद्धता !

काठमाडौं । पोखराका सुकुम्बासीलाई बेघर बनाएर कसैको पनि बिचल्ली नबनाइने प्रतिबद्धता जनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं.९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु व्यवस्थापन सम्बन्धमा भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र सरोकारवालाहरूसँग नगर प्रमुख धनराज आचार्यले छलफल गरी यो प्रतिबद्धता जनाएका हुन् ।

महानगरपालिका पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई आवश्यक छानबिन पश्चात् भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको अन्तिम नामावली प्रकाशनको क्रममा रहेको महानगरले जनाएको छ । सो क्रममा सहजीकरण समितिसँग महानगरपालिकामा परेका दाबीविरोधका निवेदन उपर थप छलफल गरिएको हो ।

आधुनिक बसपार्क निर्माणको प्रक्रिया अगाडि बढिरहेकाले उक्त क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने चरणमा आफूहरू रहेको उल्लेख गर्दै नगरप्रमुख आचार्यले बेघर बनाएर कसैको पनि बिचल्ली नबनाइने प्रतिबद्धता जनाएका हुन् ।

व्यवस्थित बसपार्क निर्माण र सुकुम्वासी समस्याको समाधानका लागि आवश्यक सहयोग तथा सहजीकरणको लागि सम्बन्धित पक्षहरूलाई उनले आह्वान समेत गरेका छन् ।

Health Tips Ad Road Block