skip this News Page Tips Ad Road Block

बजारमा रासायिनक मलकाे आपूर्ति सहज बनाउन थप आयात प्रक्रिया थालियाे

काठमाडाैं । असार/साउन महिनामा रोपाइँको मुख्य मौसममा युरिया र डि.ए.पी. रासायनिक मलको अभाव र माग बढेसँगै सरकारले मलको आपूर्ति सहज बनाउन थप आयात प्रक्रिया अगाडि बढाएको जनाएकाे छ।

कृषि मन्त्रालयका अनुसार विश्व बजारमा आपूर्ति समस्या र पश्चिम एशियामा उत्पन्न भू-राजनितिक तनावका कारण मल आयातमा चुनौति देखिएपछि नेपाल सरकारले भारतसँगको सरकारी-सरकारी (G2G) व्यवस्था मार्फत थप मल ल्याउने तयारी गरेको थियो। आ.व.२०८२/०८३ मा मल पश्चिम एशियामा भएको राजनितिक तनावका कारण मल आउन कठिनाई रहेता पनि मन्त्रालय, कम्पनी र आपूर्ति कर्ताको प्रयास स्वरुप Global Tender बाट खरिद भएको डि.ए.पी. ३०,००० मे.टन र युरीया ३०,००० मे.टन गत असारमा नै कलकत्ता आईपुगेको थियाे । त्यस पश्चात (G2G) बाट खरिद गरिएको २०,००० मे.टन डिएपी र Global Tender बाट खरीद गरिएको ३०,००० मे.टन युरिया समेत साउनको पहिलो हप्तामा र अर्को ३०,००० मे.टन युरिया श्रावणको दोश्रो हप्तामा कलकत्ता आईपुगेको छ।

उक्त मलखादहरु जहाजबाट अनलोडिङ, प्याकिङ/व्यगिङ हुँदै ट्रक र रेलवेमार्फत नेपालमा प्राप्त भइरहेकाे मन्भैत्ररालयकाे भनाइ छ । यसरी कलकत्तामा आइपुगेको मलमध्ये हालसम्म ४,९५० मे.टन डि.ए.पी. र ७०० मे.टन नेपाल भित्रीई सकेको छ भने डि.ए.पी. २,५०० मे.टनको एक र्‍याक र युरिया २,५०० मे.टनको एक र्‍याक कलकत्तामा लोड भई नेपालतर्फ प्रस्थान भइ आजसम्ममा नेपाल आईपुग्ने अवस्था रहेको मन्त्रालयकाे भनाइ छ।कलकत्तामा रहको बाँकी मल क्रमशः नेपालमा भित्रने क्रममा रहेको कम्पनीले जनाएको छ ।

साथै गत आ.व. मा कुल रासायनिक मल ३,८६,००४ मे.टन बिक्री भएको छ भने चालु आ.व. को साउन १२ गतेसम्म १८,९१७ मे.टन मल बिक्री भएको मन्त्रालयकाे तथ्याँक छ।

Health Tips Ad Road Block