काठमाडौं । बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २–० ले हराउँदै स्पेनले फिफा विश्वकप–२०२६ को फाइनल स्थान सुरक्षित गरेको छ । अमेरिकाको डालास स्टेडियममा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई पराजित गरेको हो ।
स्पेनको जितमा मिकेल ओयर्जाबलले र पेड्रो पोरोले एक/एक गोल गरे । खेलको २२ औँ मिनेटमा ओयर्जाबलले पेनाल्टी गोलमार्फत स्पेनलाई अग्रता दिलाएका थिए । डिबक्सभित्र स्पेनका लामिल यामललाई फ्रान्सका लुकास डिग्नेले फल हानेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि दोस्रो हाफको ५८ औँ मिनेटमा पोरोले स्पेनका लागि दोस्रो गोल गरेका थिए ।
फ्रान्सले भने खेल अवधिभर कुनैपनि गोल फर्काउन सकेन । योसँगै फ्रान्सले पुनः विश्वकपको फाइनल पुग्ने अवसर गुमायो ।
अव स्पेनले आज राति हुने साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबीचको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
तस्विरः फिफा





















