skip this News Page Tips Ad Road Block

सरकार आफैंले राखेका नागरिकलाई आफैंले बाँड्यो अत्यावश्यक राहत सामग्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले आफैंले संरक्षण गरेका नागरिकलाई आफैंले अत्यावश्यक राहत सामग्री वितरण गरेको छ । बस्ती भत्काएर आफैंले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई सरकार आफैंले राहत सामग्री वितरण गरेको हो । त्यो राहत पनि सर्वत्र विरोध हुन थालेपछि बल्ल वितरण गरेको हो ।

भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई सरकारद्वारा अत्यावश्यक सामग्री वितरण गरिएको हाे। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा अत्यावश्यक सामग्री वितरण गरिएको हो ।

संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्रालयले संरक्षण, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्दै जोखिममा रहेका तथा सहयोग आवश्यक पर्ने नागरिकहरूका लागि आवश्यक व्यवस्थापन र सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।

Health Tips Ad Road Block