काठमाडौं । नारायणघाट–मुग्लिङ सडकखण्डको तुइन खोलामा पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको छ ।
निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै केही समयको लागि सो रूटमा चल्ने सवारी साधनहरुको आवागमन रोकिएको नेपाल प्रहरीले जनाएको छ ।
बेलुका ७ः२५ बजेको समयमा नारायणघाट–मुग्लिङ सडक खण्ड अन्तर्गतको तुइन खोला नजिकै पहिरो गई दुईतर्फी बाटो अवरुद्ध भएको हो ।





















