skip this News Page Tips Ad Road Block

रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड, एघार महिनामा भित्रियो २१ खर्ब २० अर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ । औसतमा एक महिनामा करिब दुई खर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकद्धारा जारी चालु आर्थिक वर्षको एघार महिनाको तथ्याँकले यस्तो देखाएको हो ।

जेठसम्ममा विप्रेषण(रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई रु.२१ खर्ब २० अर्ब ८० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । २०८३ को जेठ महिनामा मात्रै रु.२ खर्ब ३ अर्ब ८९ करोड विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,५५,७३५ रहेको छ ।

Health Tips Ad Road Block