skip this News Page Tips Ad Road Block

कन्सल्टेन्सीसम्बन्धी नियमावली-२०८३ सम्बन्धमा १४ संघसंस्थाका प्रतिनिधिले गरे रास्वपा महामन्त्रीसँग छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यसँग “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” सम्बन्धमा संयुक्त छलफल सम्पन्न भएको छ ।

उक्त भेटघाटमा १४ वटा शैक्षिक परामर्शसम्बन्धी संघ–संस्था तथा Free Consultant Group का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा संयुक्त तर्फबाट तयार गरिएको ज्ञापनपत्र महामन्त्री आचार्यलाई हस्तान्तरण गरिएको छ।

महामन्त्री आचार्यले ज्ञापनपत्रमा उठाइएका विषयहरूको गम्भीर अध्ययन गरी पार्टीका सभापति रिव लामिछानेसँग आवश्यक छलफल गर्ने तथा यस विषयमा आगामी आवश्यक समन्वय र संवादका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Health Tips Ad Road Block