काठमाडौं । राजुमान डंगोलको नेतृत्वमा ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अबेर सम्पन्न र आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार डंगोल प्यानलका सबै भारी मतले विजयी भएका हुन् ।
अध्यक्षमा विजयी राजुमान डंगोलले ७२८ मत प्राप्त गरे । उनका प्रतिष्पर्धि प्रश्रय राजभण्डारीले ३६५ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी प्रथम उपाध्यक्षमा डंगोल प्यानलका राजिव पाण्डे ७५४ मतसहित विजयी हुँदा प्रतिष्पर्धि श्रीकृष्ण थपलियाले ३१५ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा दावाङ तामाङ ६८३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिष्पर्धि राजभण्डारी प्यानलका प्रकाश श्रेष्ठ ३३५ मत प्राप्त गरे ।
तृतीय उपाध्यक्षमा राजभण्डारी प्यानलका रमेश थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
महासचिवमा डंगोल प्यानलका पशुपति कंडेलले ७२० मत पाएर विजयी भए भने राजभण्डारी प्यानलका पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे ।
सचिवमा दिलिप कंडेल (मिलन) ६३६ मतसहित विजयी हुँदा प्रतिष्पर्धि प्रकाश थपलियाले ३९१ मत ल्याए ।
यस्तै कोषाध्यक्षमा डंगोल प्यानलकी क्रिन्यु लामु भुटिया (श्रेष्ठ) ७३३ मत पाएर विजयी हुँदा उनका प्रतिष्पर्धि रोशन अधिकारीले ३१६ मत प्राप्त गरे ।
सदस्यहरुमा सुरेन्द्र डंगोल (६४८), बालकृष्ण खनाल (६१४), सानुकाजी महर्जन (६४१), रोशन प्रधान (श्रेष्ठ) (६४७), विश्वमान प्रधान (६०६), लिजा मानन्धर (६३५), कृष्ण बहादुर सेढाई (६०४), चन्द्रा तामाङ(६००) मतसहित विजयी भएका छन् ।





















