skip this News Page Tips Ad Road Block

टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछि विराटनगरमा विद्युत् आपूर्ति सहज

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि टंकी सबस्टेशनमा रहेका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली परिवर्तन गरिएकोे उनले बताए । उनका अनुसार पावर ट्रान्सफर्मर नं. १ लाई ३३ केभी विराटनगर–२ फिडरबाट र पावर ट्रान्सफर्मर नं. २ लाई ३३ केभी विराटनगर–३ फिडरबाट सञ्चालनमा ल्याइएको उनले बताए ।

अहिले लोड व्यवस्थापनपछि विराटनगर–३ फिडरमा रहेको ओभरलोडको समस्या हटेको, दुवै पावर ट्रान्सफर्मरमा विद्युत् भार सन्तुलित रूपमा बाँडिएको र विद्युत् प्रणाली सुरक्षित तथा भरपर्दो बनेको उनले दाबी गरे ।

उनका अनुसार हाल सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु छ । यस व्यवस्थापनले विद्युत् प्रणालीको स्थायित्व बढाउनुका साथै उपभोक्तालाई थप भरपर्दो सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

Health Tips Ad Road Block