skip this News Page Tips Ad Road Block

विश्वकपः अर्जेन्टिना र स्विट्जरल्यान्ड पुगे क्वाटरफाइनलमा, अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लाग्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जितसहित क्वाटरफाइनलमा स्थान बनाएको छ । सुरुमा इजिप्टले यासेर इब्राहिम र मोस्ताफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो । खेलको पहिलो हाफमा लियोनल मेस्सीको पेनाल्टीसमेत इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले बचाएपछि अर्जेन्टिना ठूलो दबाबमा थियो । तर अन्तिम समयतिर अर्जेन्टिनाले शानदार कमब्याक गर्‍यो । ७९औँ मिनेटमा मेस्सीको पासमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसपछि ८३ औँ मिनेटमा मेस्सी आफैंले बराबरी गोल गरे । इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाएका थिए ।

यस खेलसँगै मेस्सी विश्वकप इतिहासमा लगातार ६ नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

यता कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डले क्वार्टरफाइलनमा पुग्ने अवसर पाएको हो ।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ । यी दुई खेलसँगै क्वाटरफाइनल पुग्ने अन्तिम ८ टोलीको टुंगो लागेको छ ।

Health Tips Ad Road Block