skip this News Page Tips Ad Road Block

पछिल्ला वर्षहरुमा डेंगी संक्रमितको संख्या घट्दो, मनसुनका चार महिना प्रकोपजन्य रोगको जोखिम भने उच्च !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्ला वर्षहरुमा डेंगी संक्रमितको संख्या घट्दै गएको तथ्याँकले देखाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौंले संचारकर्मीसँग प्रकोपजन्य रोगहरुबारे अन्तक्रिया गर्दै यस्तो जानकारी दिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतका किट जन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पछिल्ला वर्षहरुमा डेंगी सङ्क्रमणदर घट्दै गएको बताएका हुन् । उनले गत वर्षको तुलनामा यो वर्ष डेंगीको संक्रमण ५० प्रतिशतले घटेको जानकारी दिए । उनका अनुसार गत वर्ष असार महिनामा ५३० जनामा डेंगी संक्रमण भएकोमा यो वर्ष २९२ जनामा मात्र पुष्टि भएको छ । सन् २०२२ यता डेंगी संक्रमण घट्दै गएको उनको तथ्याँकमा उल्लेख छ । यस्तै डेंगीबाट हुने मृत्यु दर पनि घट्दै गएको तथ्याँक छ । सन् २०२२ मा ८८, सन् २०२३ मा २०, २०२४ मा १५, २०२५मा ६ र सन् २०२६ मा दुई जनाको डेंगी संक्रमणबाट मृत्यु भएको तथ्याँक सरकारसँग छ । डेंगी संक्रमण घटेपनि पनि यसको जोखिम ७७ वटै जिल्लामा १२ महिना नै रहने भन्दै सचेत रहन डा.दाहालले आग्रह गरेका छन् ।

सरकारले डेंगी नियन्त्रण गर्न सरकारले गत वर्षदेखि साउनदेखि कार्तिकसम्मको अवधिलाई बढी जोखिमयुक्त समय मानेर विशेष निगरानी र सचेतना अभियान सञ्चालन गर्दै आएको र यस वर्ष पनि गतवर्षजस्तै साउन महिनालाई डेंगी सचेतना महिनाकारुपमा अभियान चलाउने महाशाखाले छ ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका शाखा प्रमुख डा.अमृत पोखरेलले कोभिड–१९ महामारीपछि नेपालमा रोग निगरानी तथा प्रतिकार्य प्रणाली थप सुदृढ बन्दै गएको दाबी गर्दै प्रकोपजन्य रोगहरु बढ्न नदिन सही सूचनाको महत्वपूर्ण भूमिका हुने बताए । उनले रोग वा कुनैपनि प्रकोप फैलिसकेपछि मात्र प्रतिकार्य गर्नेभन्दा पनि सम्भावित जोखिमका संकेत देखिनासाथ नियन्त्रणमा ध्यान दिइनुपर्ने बताए । स्वास्थ्य प्रणाली र संचारमाध्यम सँगसँगै अगाडि बढ्दा मात्र यो क्षेत्र बलियो हुने भन्दै सूचना छिटो मात्रै नभएर सही सूचना दिनेतर्फ सबै सजग बन्नुपर्ने उनको धारणा छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.अनुज भट्टचनले जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार स्थानीय, प्रदेश वा सङ्घीय तहको सहकार्यमा प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले कुनैपनि रोग वा प्रकोपजन्य नियन्त्रणका लागि कुनैपनि विषय आएमा २४ सै घण्टा सहजीकरण गर्न महाशाखा तयार रहेको भनाइ राखे । भट्टचनले नियमित रोग नियन्त्रण प्रणालीका कार्य भइरहेका जानकारी दिए । स्वास्थ्यमा आउनसक्ने क्षति न्यूनिकरण गर्न प्रणालीगत सुधारमा लागिरहेको बताउँदै उनले भने, ‘सरुवा रोगको निगरानी र सबै मिलेर यसको न्यूनिकरणमा लाग्नुपर्ने देखिन्छ ।’ मलेरिया, पोलियो, हात्तीपाइलाको निवारणको अन्तिम विन्दुसम्म पुग्ने चरणमा रहेको उनले बताउँदै यसको निवारणमा संलग्नहरुलाई धन्यवाद दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा.विमल शर्मा चालिसेले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताएका छन् ।

कार्यक्रममा अन्य वक्ताहरुले मनसुन सक्रिया भएपछि चार महिनाको समयमा प्रकोपजन्य रोज, सवारी दुर्घटना लगायतका धेरै क्षेत्रमा जोखिम र चुनौती हुने भएकाले वातावरण सरसफाइ, खाद्य सुरक्षा लगायत विविध विषयमा सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

Health Tips Ad Road Block