काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको पछिल्लो मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको सञ्चारकर्मीलाई जानकारी दिए ।
हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेकोले सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।
अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
कार्कीले अर्यालको अवकाशपछि मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् ।





















