काठमाडौं । आफ्नो प्रथम वार्षिक साधारणसभामा प्रतिबद्धता जनाएबमोजिम जलारी दिदीबहिनी समूह पोखराले फेवाताल सफाइ गरेको छ ।
समूहद्वारा आयोजित फेवाताल सफाइ अभियान खपौंदीस्थित तालकिनारदेखि ल्यान्डिङ जोनसम्म सम्पन्न भएको हो ।
अभियानमा पोखरा महानगर ६ नं. वडा सदस्य शोभा जलारी, महानगर सरसफाइ शाखाको टिम, अभियन्ता सीताराम दाहाल लगायतको सहभागिता रहेको थियो ।





















