skip this News Page Tips Ad Road Block

इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म (डीजीओ) सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो क्याम्पेन सञ्चालनमा ल्याइएको हो ।

क्याम्पेन १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ । दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य क्याम्पेनको रहेको छ । यस साझेदारीअन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै निःशुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।

नेपालमा फुटबल सबैभन्दा बढी रुचाइने खेलमध्ये एक हो । विशेषगरी अन्तर्राष्ट्रिय स्तरका प्रमुख प्रतियोगिताहरूले देशभरका दर्शकको उल्लेखनीय ध्यान आकर्षित गर्ने गरेका छन् । विश्वकप २०२६ का धेरै खेलहरू उत्तर अमेरिकी समयअनुसार सञ्चालन हुने भएकाले नेपालमा ती खेलहरू मध्यरात तथा बिहानको समयमा प्रसारण हुनेछ । यस कारण प्रत्यक्ष खेलहरू हेर्न चाहने समर्थकहरूका लागि डिजिटल तथा मोबाइल स्ट्रिमिङ प्लेटफर्महरू लोकप्रिय विकल्प बन्ने अनुमान गरिएको छ ।

राइड–हेलिङ सेवा र खेलकुद स्ट्रिमिङ अनुभवलाई एकैसाथ जोड्दै इनड्राइभ र डीजीओले विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगितामध्ये एकको अवसरमा आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने लक्ष्य राखेका छन् ।

क्याम्पेन अन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः र्याफल ड्रमा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन् ।

क्याम्पेन अवधिभर कुल २,५०० वटा डीजीओ फुटबल सिजन पास भाउचर वितरण गरिनेछ । पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटा भाउचर उपलब्ध गराइनेछ, जसले हजारौं फुटबल समर्थकलाई डीजीओमार्फत प्रत्यक्ष विश्वकप फुटबल प्रसारण हेर्ने अवसर प्रदान गर्नेछ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले भनिन्, “फुटबलमा मानिसहरूलाई एक ठाउँमा जोड्ने विशेष क्षमता हुन्छ, र विश्वकप फुटबल विश्वभरका लाखौं दर्शकको ध्यान एकैसाथ केन्द्रित गर्ने केही सीमित विश्वव्यापी प्रतियोगितामध्ये एक हो । डीजीओसँगको साझेदारीमार्फत हामीले आफ्ना प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै उनीहरूलाई आफ्ना मनपर्ने खेल र अविस्मरणीय क्षणसँग जोडिराख्ने अभियान ल्याएका हौँ ।”

डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाले भने, “आजका फुटबल समर्थकहरूले खेल हेर्ने माध्यममा लचिलोपन र सहज पहुँचको अपेक्षा गर्छन् । नेपालमा विश्वकप फुटबल प्रसारणको आधिकारिक डिजिटल प्लेटफर्मका रूपमा हामी गुणस्तरीय फुटबल मनोरञ्जन अझ धेरै दर्शकमाझ पुर्याउन प्रतिबद्ध छौँ । इनड्राइभसँगको सहकार्यले हामीलाई नयाँ तथा रोमाञ्चक तरिकाबाट समर्थकहरूसँग जोडिने अवसर दिएको छ भने उनीहरूको दैनिक गतिविधिलाई प्रत्यक्ष प्रतियोगिता हेर्ने अवसरसँग जोडेर पुरस्कृत गर्ने माध्यम पनि बनेको छ ।”

‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेनले नेपालभर साझा रूपमा रहेको फुटबलप्रतिको उत्साहलाई उत्सवका रूपमा मनाउँदै उपभोक्तालाई थप लाभ प्रदान गर्न विभिन्न ब्रान्डहरूले कसरी सहकार्य गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

 

Health Tips Ad Road Block