skip this News Page Tips Ad Road Block

भारततर्फ निर्यात रोकिँदा नेपाली चिया उद्योगहरु संकटमा, कुटनीतिक पहल गर्न उद्योगीको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । भारतीय चिया बोर्डले लगाएको ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ कारण चिया निर्यात रोकिएपछि नेपाली चिया उद्योगहरु संकटमा परेका छन् ।

निर्यात रोकिएपछि चिया उद्योगीहरूले अनिश्चितकालका लागि उद्योग तथा बगान बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले कुटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ । यता भारतीय चिया बोर्डले मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने मापदण्ड व्यवाहरिक नभएको व्यवसायीको गुनासो छ ।

वार्षिक करिब १२ अर्बदेखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया उद्योगमा पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारततर्फ निर्यात हुने गरेको तथ्याँक छ । यी उद्योगहरुले ६० हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।

Health Tips Ad Road Block