skip this News Page Tips Ad Road Block

चितवन भरतपुरका २९ वटा सहकारी संस्था खारेज, कुन–कुन भए खारेज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भरतपुर महानगरपालिकाभित्र संचालनमा रहेका २९ वटा सहकारी संस्थाहरु खारेज भएका छन् ।

भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै ती सहकारी संस्था खारेज भएको जनाएको हो ।

महानगरले भनेको छ, ‘भरतपुर महानगरपालिकाभित्र कार्य क्षेत्र रही सञ्चालनमा रहेका सहकारी संस्थाहरूले गरेका कारोवारलाई वार्षिक तथा मासिक रूपमा सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपामिस) मा अद्यावधिक गर्नुपर्ने र प्रत्येक आव शुरु भएको ३ महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने, ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी सोको प्रतिलिपि तथा लेखापरीक्षण प्रतिवेदन लगायत अनुमोदित नीति र नियमहरू साधारण सभा भएको मितिले १५ दिनभित्र नियामक निकाय भरतपुर महानगरपालिकामा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेकोमा सहकारी संस्थाहरूले साधारण सभा तथा लेखापरीक्षण पनि नगरेको र प्रतिवेदनहरू समेत नबुझाएकोले सम्बन्धित जनप्रतिनिधिहरूको रोहबरमा यस कार्यालयबाट स्थलगत अनुगमन गर्दा संस्थाको कार्यालय नभेटिएको, सञ्चालक समितिहरू समेत सम्पर्कमा नआएकोले सहकारी ऐन अनुसार लगातार २ वर्षभन्दा बढी कुनै कारोबार नगरी निष्क्रिय रहेकाले भरतपुर महानगरपालिका सहकारी ऐन २०७५ को परिच्छेद १४ को दफा ६६ को उपदफा ३ अनुसार सहकारी संस्था दर्ता खारेजी प्रक्रिया अघि बढाउन लागिएको हो ।’

महानगरले वैशाख १७ गते दैनिक पत्रिका किरणपुञ्जमा संस्था दतां खारेजी गर्नुनपर्ने मनासिव कारण तथा प्रमाण भएमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र भरतपुर महानगरपालिका, आर्थिक विकास महाशाखा, सहकारी तथा रोजगार प्रवर्द्धन शाखामा विवरण पेश गर्न जानकारी गरापनि ती सहकारी संस्थाहरूले विवरण पेश नगरेको र सम्पर्कमा समेत नआएको भन्दै महानगरको असार १ गतेको निर्णय अनुसार दर्ता खारेजी गरिएको हो ।

सहकारी संस्थाले तिर्नु वा बुझाउनुपर्ने कुनै दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक लगायत जिम्मेवार पदाधिकारी/व्यक्तिहरूले तिर्नु बुझाउनुपर्ने समेत उल्लेख गरेको छ । त्यस्तै सहकारी संस्थासँग कुनै लिनुदिनुपर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक पदाधिकारीसँग सम्पर्क गर्न पनि महानगरले सरोकारवालालाई भनेको छ ।

खारेजीमा गएका सहकारीहरु यसप्रकार छन्ः–

१ ठिमुरा दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१

२. धौलाश्री कृषि सहकारी संस्था लि., भरतपुर–४

३. सालघारी जडिबुटि उत्पादक सहकारी संस्था लि., भरतपुर–६

४. कृष्ण दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–७

५. सुरभि कृषि सहकारी संस्था लि., भरतपुर–८

६. क्रियाशील कृषि सहकारी संस्था लि., भरतपुर–९

७. समर्पण दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१४

८.संयुक्त दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–२३

९. नमूना दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१५

१०. मगलपुर साना किसान कृषि सहकारी संस्था लि., भरतपुर–१६

११. प्रशिद्ध जडिबुटि सहकारी संस्था लि.,भरतपुर–१८

१२. सहज कृषि सहकारी संस्था लि., भरतपुर–१८

१३. हस्तविर हिमाल दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१८

१४. भुवनवस्ती दुग्ध उत्पादक सहकारी संस्था लि.,भरतपुर–१८

१२. आदर्श दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१८

१६. शारदानगर दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–१८

१७. शखर दुग्ध उत्पादक सहकारी संस्था लि, भरतपुर–१८

१८. स्वयं सहायता कृषि सहकारी संस्था लि., भरतपुर–२०

१९. त्रिगाऊँ कृषि सहकारी संस्था लि., भरतपुर–२०

२०– रगिला दुग्ध उत्पादक सहकारी संस्था लि, भरतपुर–२१

२१. केरुङ्गा दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–२१

२२. पौरखी महिला कृषि सहकारी संस्था लि., भरतपुर–२२

२३. सूर्यरत्न दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–२३

२४. सुनौलो बिहानी महिला दुग्ध उत्पादक सहकारी संस्था लि., भरतपुर–२४

२५. सृजनशील मौरी पालन सहकारी संस्था लि., भरतपुर–२५

२६. शुक्रनगर दुग्ध उत्पादक सहकारी संस्था लि.,भरतपुर–२५

२७. मनोकामना कालीका दुग्ध उत्पादक सहकारी संस्था लि.,भरतपुर–२६

२८ दिव्य ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लि., भरतपुर–२६

२९. तेलौली दुग्ध उत्पादक सहकारी संस्था लि, भरतपुर–२७

Health Tips Ad Road Block