skip this News Page Tips Ad Road Block

दिनहुँ हात्तीले मकै, सुपारीलगायत बालीमा क्षति गरेपछि कृषिमन्त्री पुगिन् किसानको खेतमा, क्षतिपूर्ति दिने आश्वासन

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको निरीक्षण गरेकी छन् ।

स्थानीयको गुनासोपछि मन्त्री चौधरी हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न झापा पुगेकी हुन् ।

दैनिकजसो मकै, सुपारीलगायतका बालीमा क्षति भैरहेको स्थानीयले गुनासो गरेका छ्न् ।

हात्ती नियन्त्रण र स्थानीय सुरक्षाका लागि सरोकारवाला सङग समन्वय गर्ने मन्त्री चौधरीले बता् ।

मन्त्री चौधरीले मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउँदै पीडित किसानको संरक्षण र क्षतिपूर्ति प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छिन् ।

Health Tips Ad Road Block