काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।
पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरुलाई समाधान गर्दै जनताको चाहना अनुरुप राजनीतिक स्थिरता, सुशासन, सम्वृद्धि र प्रादेशिक विकासको गतिलाई तिव्र तुल्याउन दुई राजनीतिक दलहरुले सहमति गरेको पत्रमा उल्लेख छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ दुई दलबीचको सहमति पत्र


















