काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल हस्तकला महासंघले आधिकारिक धारणा सार्वजनिक गरेको छ । बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कर प्रणालीमा सरलीकरण, ए आई तथा डिजीटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखी, स्वदेशी उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिएको महासंघले जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै बजेटले २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाईएको र ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेकोले कच्चा पदार्थ र तयारी वस्तुको करको दरबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइ छ । यसबाट एसम्बल परिपाटी हट्न गई उत्पादनमा मूल्य अभिवृद्धि हुने स्वदेशी उद्योग संचालनको लागत घट्ने र उत्पादन तथा निर्यात बढ्न जाने महासंघको ठहर छ । बजेटबाट हस्तकला जस्ता अधिकतम् मूल्य अभिवृद्धि हुने उद्योगलाई विश्व बजारमा प्रतिस्पर्र्धी तुल्याउन पनि सहयोग पुग्न जाने भन्दै वार्षिक रु. १० लाख सम्म आय गर्नेलाई न्यून करको दायरामा ल्याउँदा र अधिकतम् आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरेबाट हस्तकला क्षेत्रका लघु तथा साना उद्यमी व्यवसायी लाभान्वित हुन सक्ने अपेक्षा गरेको छ ।
त्यस्तै हस्तकला जस्तो उत्पादनमूलक उद्योगहरू, नव प्रवद्र्धन र उलेख्य संख्यामा महिला उद्यमी रहेको हस्तकला उद्योग, व्यवसायमा संलग्न महिला उद्यमीहरू पनि बजेटको सहुलियत पूर्ण कर्जाको व्यवस्थाबाट प्रोत्साहित हुने अवस्था रहेको महासंघले जनाएको छ । औद्योगिक व्यवसाय ऐन र कम्पनी ऐनलाई समयानुकूल संशोधन गरिने, कम्पनी बन्द गर्न सहज ब्यवस्था गरिने, बौद्धिक सम्पत्ति सम्बन्धी कानून तर्जुमा गर्ने, बक्यौतामा लाग्ने ब्याज, जरिवाना, छुट गर्ने, चोरी पैठारी नियन्त्रणमा प्रतिवद्धता, उधारो असुली ऐन ल्याउने प्रतिवद्धता आदि बजेटका सकारात्मक पक्ष रहेको विज्ञप्तिमा उल्लेख छ । यसै गरी नेपाललाई आगामी २ वर्षपछि मात्र विकाससील राष्ट्रमा स्तरोन्नति गर्ने गरी समयावधि थप गर्ने व्यवस्थासंगै निर्यातमा नेपाल सरकारबाट प्रदान गरिदै आएको नगद प्रोत्साहनकोे पूर्ववत् रुपमा निरन्तरता भएमा हस्तकला उद्यमी व्यवसायीहरुलाई आफ्नो प्रतिस्पर्धी क्षमता बढाउनको लागि राहत पुग्ने विश्वास महासंघले लिएको छ । बजेटबाट ……अभियानलाई अगाडि बढाउन पनि सहयोग पुग्ने दाबी गर्दै महासंघले स्वदेशी काष्ठ उद्योगलाई प्रोत्साहित गर्ने बजेटको नीतिले काष्ठकला क्षेत्रमा हाल भइरहेको कच्चा पदार्थको आपूर्ति सहज हुने र यस क्षेत्रमा संलग्न उद्योगीहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्न जाने विश्वास लिएको छ ।
नेपाल व्यापार एकीकृत रणनीतिको दायरा फराकिलो पार्ने कुरा सराहनीय रहेको तर त्यसभित्र ३६ विधा र झण्डै ८३ प्रकारका हस्तकला वस्तुहरु समावेश भएको हस्तकला क्षेत्रलाई समेट्नुपर्ने महासंघको माग रहेको छ । नेपालको मौलिकता बोकेको सीप र श्रमप्रधान, रोजगारमूलक एवं विदेशी मुद्रा आर्जन गर्ने निर्यातमूलक हस्तकला वस्तुको दिगो निर्यात प्रवद्र्धनको साथै यस क्षेत्रको लागि युवा पुस्तामा सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी आवश्यक योजना र कार्यक्रम अभाव बजेटमा देखिएको महासंघले जनाएको छ । साथै उत्पादन क्षेत्रका लागि स्पष्ट रणनीतिको अभाव, उद्योग सम्बन्धी विषय वस्तु धेरै उल्लेख भएता पनि प्राकृतिक रेसाजन्य कपडा उद्योग सम्बन्धी ठोस कार्यक्रम र नीति बजेटमा नआएको भन्दै उद्यमी व्यवसायीको अपेक्षा अनुसार यस तर्पmपनि बजेट विनियोजित हुनु पर्ने नेपाल हस्तकला महासंघको माग रहेको छ ।





















