skip this News Page Tips Ad Road Block

महोत्तरीमा रातको बीचमा गोली प्रहार गरी लुटपाट प्रयास, श्रीमान् श्रीमती घाइते

Citizenlife ad 2082 falgun to baishak 2083

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–०३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएकाले गोली प्रहार गरी लुटपाट प्रयास भएको छ । सोहीक्रममा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्।

मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् ।

घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block