skip this News Page Tips Ad Road Block

स्टारलिंकले फेरि भन्यो–नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेका छौं

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताइन् ।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भैरहेको उनले जानकारी गराइन् ।

भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका छन् ।

Health Tips Ad Road Block