काठमाडौं । नेपाल आयल निगमले हाललाई कुनै पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै आज बिहानदेखि लागु हुनेगरी मूल्य यथावत कायम गरिएको निगमले जनाएको छ ।
उपभोक्ताको हितलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमको भनाइ छ। यसरी खुद्रा बिक्री मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रुपमा रु. ६२.८६ करोड रूपैयाँ अझै घाटा हुने उसले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गका उपभोक्ताले प्रतिलिटर २१६ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलका उपभोक्ताले प्रतिलिटर २१७ रुपैयाँ तिर्नुपर्दछ । डिजेल/मट्टितेल पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गका उपभोक्ताले प्रतिलिटर २२४ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलका उपभोक्ताले प्रतिलिटर २२५ रुपैयाँ तिर्नुपर्दछ ।
हवाई इन्धन (आन्तरिकतर्फ) २६९ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर) १८३१ डलर पर्दछ । खाना पकाउने एलपि ग्यासको १४.२ केजी प्रतिसिलिण्डर २१६० र ७.१ केजीको आधा सिलिण्डर १०८० रुपैयाँ पर्दछ ।





















