skip this News Page Tips Ad Road Block

आज एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला ५३४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले सुनको भन्सार महशुल दोब्बर बढाएपछि एकैदिन सुनको मूल्य यति धेरै बढेको हो ।

Health Tips Ad Road Block