skip this News Page Tips Ad Road Block

सुनिल थापा मगरको “सोल्टिनी सेवारो” नामक गीतको चर्चा बढ्दै

काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला गायक सुनिल थापा मगरको “सोल्टिनी सेवारो” नामक बोलको गीतले चर्चा बटुल्न थालेको छ । गायक तथा संगितकार एनिस एन्जल राइको शब्द संगीतमा तयार भएको उक्त गीत गायक सुनिल थापा मगरको सुमधुर आवाजमा सजिएको छ । यो गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेम, समन्वय र भावनात्मक उत्तर–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाउन सफल भएको छ ।

यस गीतका शब्द एनिश एन्जल राईले रचना गरेका हुन् भने संगीतकारको रुपमा पनि राईले नै यस गीतमा भूमिका गरेका हुन् साथै यस गीतलाई राजु कार्कीको संगीत संयोजनको भूमिका रहेको छ । गायक सुनिल थापा मगरको आवाजमा तयार भएको यो प्रेमिल “सोल्टिनी सेवारो” बोलको गीतले विशेष भाका ठाउँ समुदाय र माया प्रेम र स्पर्स शैलीलाई समेट्दै नयाँ स्वाद प्रस्तुत गरेको छ।

तसर्थ यस गीतलाई अझ थप उचाइमा पुर्याउन गीतको रेकर्डिङमा विप्लभ अधिकारीले ड्रिम्स् रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन् भने यस गीतको मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी प्रकाश केसीले सम्हालेका छन् । प्राविधिक रूपमा पनि गीत उत्तिकै उत्कृष्ट बनेको प्रतिक्रिया दर्शक श्रोताबाट आइरहेको देख्न पाइन्छ ।

“सोल्टिनी सेवारो” विशेषगरि राई लिम्बू समुदायको रितिरिवाजलाई विशेष मुल आधारमा तयार पारिएको शब्द, संगीतमा देख्न पाइन्छ भने भिडियोको कथामा पनि झल्किन्छ। गीतले प्रेम र समन्ध कथा मात्र नभई समकालीन युवा पुस्ताको भावनालाई समेत समेटेको छ । शब्द, संगीत र आवाज सशक्त संयोजनका कारण यो गीत आगामी दिनमा अझै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

साथै यस गीत मकवानपुर जिल्लाको केही रमणीय ठाउँहरुमा विशेष छायांकन गरिएको पाइन्छ । गीतको भिडियोमा गायक मगर आफैंले अभिनय गरेको देख्न पाइन्छ भने गायक मगरलाई नायिका रेबिका मगरले साथ दिएको हेर्न सकिन्छ ।  उक्त भिडियोमा भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गरेका हुन् भने क्यामेरा ड्रोनमा सन्जोक श्रेष्ठले भूमिका निर्वाह गरेका हुन्। प्रडक्सन गायक योगेस राना मगरले सम्हालेका थिए र श्रृङ्गारमा प्रिया मगरले भूमिका निर्वाह गरेका छन्। यस भिडियोलाई एकान्त मगरले निर्देशन तथा करेक्सन साथै कलरको विशेष भूमिका खेलेको देख्न पाइन्छ।

नेपाली संगीत क्षेत्रमा नयाँ उचाइ छुन तयार देखिएको यो सिर्जनाले गायक सुनिल थापा मगरलाई आम दर्शक श्रोताले खुलेर स्वागत गरिरहेका छन् । गीत अब दर्शकको मन जित्दै सफलताको यात्रामा अघि बढेको पनि देख्न पाइन्छ ।

Health Tips Ad Road Block