skip this News Page Tips Ad Road Block

आज आगामी आवको बजेट सार्वजनिक हुँदै, स्रोतको दबाबमा सरकार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । हुने गरेका अनावश्यक खर्च कटौती, वित्तीय सुशासन, निजी लगानीको प्रवद्र्धन, जनविश्वास वृद्धि, तल्लो वर्गका लागि सम्बोधनसहितका धेरै विषयलाई केन्द्रमा राखेर आज आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

स्रोतको दबाबका बीच केही आकार बढाएर बजेट सार्वजनिक हुने अनुमान रहेको छ । बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा. वाग्लेले बताउँदै आएका छन् । सकारात्मक दिगो रुपान्तरणका कार्यक्रमहरु बजेटमार्फत ल्याउने सरकारको तयारी छ ।

राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितताको प्राथमिकता, निजामती कर्मचारीको तलब वृद्धि, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका विषय बजेटले समेट्ने विषय अनुमान भइरहेका छन् ।

सरकारले अर्थतन्त्रको आकार बढाउने घोषणा गरिरहँदा उपभोग र लगानी दुवै बढाउने हिसाबले बजेट ल्याउने अनुमान छ । त्यसैले बजेटको आकार २० खर्बसम्म पुग्ने अनुमान छ । बजेटको आकार बढ्ने भएपनि स्रोत नबढिरहेको अहिलेको परिस्थितिमा सरकार भने दबाबमा पर्ने निश्चित छ ।

अर्थमन्त्री वाग्लेले संसद्मा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन् ।

नेपालको संविधान, २०७२ अनुसार हरेक वर्ष जेठ १५ गते आगामी आवको आयव्यय विवरण प्रस्तुत गर्ने व्यवस्था छ ।

Health Tips Ad Road Block