skip this News Page Tips Ad Road Block

राम्रो तलबको लोभमा विदेश पठाइदिन्छु भन्दै एकै व्यक्तिबाट १ करोड ९३ लाख ठगी, दुई जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आकर्षक तलबको लोभमा वैदेशिक रोजगारीमा युरोपका विभिन्न देशमा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ ठगी भएको भेटिएको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने दैलेख गुराँस गाउँपालिका–३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।

पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका–११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block