skip this News Page Tips Ad Road Block

एलजी इलेक्ट्रोनिक्सद्वारा नेपाली बजारमा नयाँ डुअलकुल एयर कन्डिसनर सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । नेपाली घरपरिवारको बढ्दो आवश्यकता र विद्युत महसुल व्यवस्थापनलाई ध्यानमा राख्दै एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा आफ्नो नवीनतम डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस नयाँ उत्पादनको औपचारिक अनावरण गरेका हुन् । यो नयाँ श्रृंखलाको मुख्य आकर्षण किलोवाट म्यानेज प्रविधि हो, जसले उपभोक्तालाई आफ्नो इच्छा र आवश्यकता अनुसार विद्युत खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्ने स्वायत्तता प्रदान गर्दछ। एलजी थिनक्यु कनेक्टिभिटी मार्फत उपभोक्ताले वास्तविक समयमा आफ्नो विद्युत खपतको अनुगमन गर्न, असामान्य वा अत्यधिक विद्युत उपयोगको सूचना प्राप्त गर्न र आफ्नो प्रयोग शैली अनुसार स्वचालित रूपमा ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्नेछन्। ऊर्जा लागत र विद्युत शुल्क बढ्दै गइरहेको वर्तमान अवस्थामा नेपाली उपभोक्ताका लागि यो प्रविधि एउटा प्रभावकारी र पूर्वानुमानयोग्य समाधान साबित हुने विश्वास कम्पनीले लिएको छ।

यस प्रविधिले पूर्वनिर्धारित विद्युत उपयोग सीमाभित्रै रहेर कोठामा आरामदायी शीतलता कायम राख्न एयर कन्डिसनरको कार्यक्षमतालाई बुद्धिमत्तापूर्वक समायोजन गर्छ, जसले गर्दा अप्रत्याशित रूपमा आउने ठूलो विद्युत बिलको चिन्ता नलिनु पर्ने स्मार्ट अनुभव प्रदान गर्दछ।

कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्ने र ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा यस नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने बताए । यो एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर जडान गरिएको छ, जसले परम्परागत नन(इन्भर्टर एसीको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशत चाँडो शीतलता प्रदान गर्ने प्रमाणित तथ्य परीक्षणहरूले देखाएका छन्।

नेपाली वायु प्रदुषण र स्वास्थ्य संवेदनशीलतालाई सम्बोधन गर्न यसमा फ्रिज क्लिनु प्रविधि समावेश गरिएको छ। एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने समस्यालाई हटाउन यस प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरू वरिपरि बरफको तह बनाउँछ र उक्त बरफ पग्लिने क्रममा ती प्रदुषित कणहरूलाई ड्रेनेज मार्फत सहजै बाहिर निकाल्छ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार यो फ्रिज क्लिन सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियाहरू मध्ये ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको देखिएको छ, जसले गर्दा उपभोक्ताले सधैं स्वच्छ र स्वस्थ हावा प्राप्त गर्न सक्नेछन्।

यसका साथै नेपाली वातावरण, भौगोलिक अवस्थिति र विद्युतको प्रकृतिलाई विशेष ध्यानमा राखेर नयाँ मोडलहरूमा थप विशेष सुविधाहरू समावेश गरिएको छ। तटीय वा ओसिलो वातावरणमा पनि उपकरणलाई सुरक्षित राख्न यसमा अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन एन्टि(कोरोसन कोटिङ गरिएको छ, जसलाई ५ हजार घण्टाको साल्ट स्प्रे टेस्टिङ मार्फत प्रमाणित गरिएको छ। उत्कृष्ट ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि यसमा १०० प्रतिशत कपर ट्युब प्रयोग गरिएको छ। नेपालमा सामान्य रूपमा भइरहने भोल्टेजको उतारचढावका बीच पनि कुनै अवरोध बिना भरपर्दो सञ्चालन सुनिश्चित गर्न यसमा स्टेबलाइजर(फ्री अपरेसनको व्यवस्था गरिएको छ। यो एसीमा कन्भर्टिबल ५ इन १ मोड समेत उपलब्ध छ, जसले प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार कार्यक्षमता परिवर्तन गर्ने सुविधा दिन्छ।

विश्वस्तरमा नवीन प्रविधि, ऊर्जा(दक्ष उत्पादन तथा उपभोक्ता)केन्द्रित डिजाइनका लागि स्थापित एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा विगत चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्ससँग दीर्घकालीन साझेदारी गर्दै आएको छ। नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरकको रूपमा सीजी इलेक्ट्रोनिक्सले एलजीलाई प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा स्थापित गरिसकेको छ र यो नयाँ प्रविधिको आगमनले नेपाली घरेलु उपकरणको क्षेत्रमा विश्वासिलो र नवप्रवर्तनयुक्त यात्रालाई अझ उच्च विन्दुमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block