skip this News Page Tips Ad Road Block

पोखराको फिर्केखोलामा दोस्रो दिन डोजरले ३१ वटासहित कुल ८२ संरचना हटाइयो

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन साना ठुला गरी ३१ वटा संरचनाहरू हटाइएको छ । पोखरा महानगरपालिका वडा नं.१८ र २ को सिमाना क्षेत्रमा ९ वटा संरचनाहरू हटाइएको छ भने, वडा नं.४ र ५ को क्षेत्रमा २ वटा पक्की र ४ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।

पहिलो दिन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवन पूर्णरूपमा हटाइएको छ भने, त्यस क्षेत्रमा रहेका ४ वटा पक्की र १२ वटा कच्ची संरचना हटाइएको छ । यसरी तेस्रो दिनसम्म आइपुग्दा ८२ वटा संरचनाहरू खोला घरबाट हटाइएको छ ।

खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । नेपाल पहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएका छन् ।

फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

साइकल लेन, फुटपाथ, हरियाली प्रवद्र्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिने उनको भनाइ छ ।

Health Tips Ad Road Block