skip this News Page Tips Ad Road Block

नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिन एमाले सचिवालय बैठक आज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अस्ती पाँच गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार विहान ११.३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरुलाई पठाउने तयारी छ । गत मंसिर २७ २९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो । फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।

यस पटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल, विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरुलाई विभागहरुका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ ।

Health Tips Ad Road Block