काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।
सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।





















