काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ६६ खर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशको २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत) हुने अनुमान गरिएको छ ।
अनुमानअनुसार कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत) हुने छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब (७.० प्रतिशत) रहने प्रारम्भिक अनुमान छ ।
कर्णाली प्रदेशको सबैभन्दा कम २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ।





















