काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन बन्द छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।





















