जेनेभा, स्विट्जरल्याण्ड । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) को उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
जेनेभास्थित पाले डे नेसन्स (Palais des Nations) मा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो।
महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्य मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।





















