काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । अफ्रिकी देशमा फैलिएको इबोला रोगसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो । फैलिएको इबोला रोगका कारण अफ्रिकी देश कंगोमा ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमण भएको आशंका गरिएको एवं रोग तीव्र फैलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने र कुनै खोप नभएको बताइएको छ । उपचार अभावका कारण मानिसहरुको घरमै मृत्यु भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त भाइरस कङ्गोबाहिर छिमेकी देश युगान्डामा दुई जनामा सङ्क्रमण पुष्टि भएको डब्लुएचओले जनाएको छ । एकको मृत्यु भएको छ ।
नेपालमा कङ्गोबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल सरकारले पनि विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको जनाएको छ ।





















