skip this News Page Tips Ad Road Block

शैक्षिक परामर्श केन्द्रमा भएको धरपकडप्रति इक्यानको आपत्ति, वैधानिक संस्थालाई बदनाम नगर्न आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अन्य सम्बन्धित सुरक्षा र प्रशासनिक निकायहरूद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा गरिएको अनुगमन, छापा, धरपकड तथा नियन्त्रण सम्बन्धी कारबाहीहरूप्रति आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गरी इक्यानले यसलाई गम्भीर रूपमा लिएको स्पष्ट पारेको हाे ।

स्थापनाकाल वि.सं २०५४ सालदेखि नै विधिको शासन, उपभोक्ता संरक्षण, विद्यार्थी हित, वित्तीय पारदर्शिता तथा नेपाल सरकारका प्रचलित कानूनी तथा नियामकीय संरचनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहँदै आएको इक्यानले स्पष्ट पारेको छ । संघले शिक्षा क्षेत्रको नाममा हुने कुनै पनि प्रकारको ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार वा विद्यार्थी–अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कुनै पनि अवस्थामा स्वीकार नगर्ने स्पष्ट पार्दै यस्ता कार्यमा संलग्न जोसुकै व्यक्ति वा संस्थामाथि प्रचलित कानून बमोजिम कडा, निष्पक्ष र पारदर्शी कारबाही हुनुपर्ने बताएको छ । तथापि, हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति गम्भीर चिन्ता रहेको इक्यानको भनाइ छ ।

इक्यानले व्यक्तिगतरुपमा भएका केही घटनालाई लिएर समग्र क्षेत्रलाई बदनाम गर्न खोज्ने प्रवृति स्विकार्य नहुने जनाएकाे छ । सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति, वैधानिक संस्थाहरूको प्रतिष्ठामा पर्ने असर तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि पर्ने नकारात्मक प्रभावप्रति संघले आपत्ति जनाएको हाे । यस्तो सामान्यीकरणले इमान्दार व्यवसायीहरूको मनोबल कमजोर पार्ने र समग्र क्षेत्रको स्थायित्वमा चुनौती सिर्जना गर्ने जोखिम रहने इक्यानले स्पष्ट पारेको छ ।

कानून उल्लंघन गर्ने जोसुकैमाथि निष्पक्ष तथा कडा कारबाही अनिवार्य रहेको तर कानून कार्यान्वयनको आवरणमा वैधानिक क्षेत्रको अपराधीकरण, डिजिटल चुनौतीको उपेक्षा र राष्ट्रिय योगदानको अवमूल्यन स्वीकार्य हुन नसक्ने इक्यानको स्पष्टोक्ति छ ।

यस्तो छ इक्यानको प्रेस विज्ञप्ति

 




Health Tips Ad Road Block