काठमाडाैं । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi) भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय: जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दिएको जानकारी अनुसार, स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सदैन ।
स्क्रब टाइफसका लक्षणहरु
धेरै जवरो आउनु (काम ज्वरो समेत आउन सक्छ)
धेरै ठाउको दुख्नु
पसिना धेरै आउनु
आँखा रातो हुनु
झाडापखाला लाग्नु
किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
खेतवारीमा काम गर्दा वनजंगल / झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने ।
घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछयाएर बस्ने ।
सम्भव भएसम्म भुइँमा नबस्ने ।
खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने ।
सकेसम्म घाँसवारी र चउरमा नबस्ने ।
चउरमा वारी झाडी धाँस तथा घुरान बदल नदिने ।
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।





















