skip this News Page Tips Ad Road Block

एक महिनामा प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट एक करोड ६ लाख रुपैयाँभन्दा बढी भेटी संकलन

Citizenlife ad 2082 falgun to baishak 2083

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिना (वैशाख)मा एक करोड ६ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले जनाएअनुसार भक्तजनहरूले १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी चढाएका हुन् ।

विषेशगरी चैत र वैशाख महिना पाथीभरा मन्दिरको सिजन भएका कारण वैशाख महिनामा धेरै भक्तजन पाथीभरा आउने गर्दछन् ।

सार्वजनिक तथ्याङ्कअनुसार वैशाख महिनामा ५२ हजार २२८ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।

Health Tips Ad Road Block