काठमाडाैं । नेपालका लागि मोरिस ग्यारेज (एमजी) मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले नयाँ MGS6 EV ट्रफी लङ रेञ्ज सार्वजनिक गरेको छ। उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको हो।
सार्वजनिक कार्यक्रम MG SMIL का प्रतिनिधि Muhammad Qasim Zahoor को विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको MGS6 EV ले शक्तिशाली एक्सेलेरेशन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचरहरू प्रदान गर्दै नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार उच्च क्षमताको १८० kw मोटर तथा ७७ kWh ब्याट्री प्याकले सुसज्जित MGS6 EV ट्रफी लङ रेञ्जले WLTP मापदण्डअनुसार ५३० किलोमिटरको रेञ्ज प्रदान गर्छ, जसले दैनिक यात्रा तथा लामो दूरीका यात्रामा उच्च आत्मविश्वास प्रदान गर्छ। नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ mm ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले अझ सहज, स्थिर तथा आरामदायी यात्रा सुनिश्चित गर्छ । रियर-व्हील ड्राइभ (RWD) प्रविधिले अझ उत्कृष्ट तथा डायनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै यसको प्रिमियम डिजाइन, स्मार्ट कनेक्टिभिटी तथा आधुनिक ईभी प्रविधिले यसलाई अझ आकर्षक र परिष्कृत इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।
कम्पनीद्वारा हाल सञ्चालनमा रहेको ११ वर्ष वा १५ वर्षसम्मको विस्तारित वारेन्टी कार्यक्रम MGS6 EV मा पनि लागू हुनेछ । साथै, MGS6 EV को मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहेको छ । यसले दीर्घकालीन विश्वसनीयता, ग्राहकको आत्मविश्वास तथा सहज स्वामित्व अनुभवप्रति एमजीको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
MGS6 EV ट्रफी लङ रेञ्ज नेपाली बजारमा विशेष प्रारम्भिक मूल्य रु. ६९,९९,००० मा उपलब्ध हुनेछ ।
ग्राहकहरूले देशभर रहेका एमजी शोरुमहरूमा गई नयाँ MGS6 EV को प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।





















