काठमाडौं । २०८२ चैत मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल रहेका छन् ।
त्यस्तै ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
२०८१ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.२ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत रहेको छ । अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।





















