Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सर्वसाधारणका लागि स्नो रिभर्सको करोडौंको आईपीओ खुल्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज बैशाख २९ गतेदेखि सर्वसाधारणका आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ किन्न चाहनेहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block