काठमाडौं । एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य साढे ८४ प्रतिशतले बढेको छ भने सुनको मूल्य ४६.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६६.८३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ चैत मसान्तमा ८४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १२३.२८ कायम भएको छ ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर ३२३०.५० रहेकोमा २०८२ चैत मसान्तमा ४६.२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४७२२.६५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।





















