Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कीर्तिमानी सगरमाथा आरोही घिमिरेको आरोहणकाक्रममा निधन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कीर्तमानी सगरमाथा आरोही विजय घिमिरेको आरोहणकाक्रममा निधन भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिका, वडा नं ७ स्थायी ठेगाना भएका पूर्ण बहादुर कामीका छोरा ३५ वर्षीय विजय घिमिरेले निधन भएको हो । २०८३ वैशाख २७ गते आइतबार बिहान सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा पर्वतीय पथ प्रदर्शकको जिम्मेवारी निर्वाह गर्ने क्रममा उनको निधन भएको विभागले जनाएको छ ।

विभागका अनुसार २०७४ जेठ ८ गते दलित समुदायको तर्फबाट प्रथम आरोहीको कीर्तिमान सहित हालसम्म ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सम्पूर्ण दलित समुदाय र राष्ट्रकै गरिमा वृद्धि गर्न घिमिरेले योगदान पुर्याएका थिए ।

विभागका निर्देशक एवं सूचना अधिकारी हिमाल गौतमद्वारा जारी विज्ञप्तिमा नेपालको पर्यटन इतिहासमा एक कुशल र साहसी आरोहीको रूपमा स्थापित घिमिरेको निधनको खबरले समग्र पर्वतीय पर्यटन क्षेत्र समेत स्तब्ध बनेको जनाइएको छ।

Health Tips Ad Road Block