Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एसईई परीक्षामा ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौंका २१ विधार्थीले ल्याए ४ जिपिए

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जिपिएसहित सर्वोत्कृष्ट नतिजा निकालेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयका २१ विधार्थीले ४ जिपिए प्राप्त गरेका छन् । यस विद्यालयबाट कुल ४०२ जना विद्यार्थी २०८२ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागि भएका थिए ।

विद्यालयका सहायक प्राधानाध्यापक विष्णु प्रसाद ज्ञवालीले यसबारे जानकारी दिएका हुन् । ज्ञवालीका अनुसार ३.६० जिपिएदेखि ४ जिपिएभन्दा कम प्राप्त गर्ने विद्यार्थीको संख्या १४२ जना, ३.२० जिपिएदेखि ३.६० जिपिएभन्दा कम प्राप्त गर्ने विद्यार्थीको संख्या १५२ जना, २.८० जिपिएदेखि ३.२० जिपिएभन्दा कम ल्याउने विद्यार्थीको संख्या ७३ जना र १४ जनाले २.४० जिपिएदेखि २.८० जिपिएभन्दा कम अंक प्राप्त गरेका छन् ।

विद्यालयले यो सफलताप्रति खुसी व्यक्त गर्दै सर्वोत्कृष्ट जिपिएसहित उत्तिर्ण हुन सफल मेधावी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै उत्तरोत्तर उन्नती र प्रगतिको शुभकामना व्यक्त गरेको छ । साथै उत्कृष्ट नतिजा ल्याउन समर्पित शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवं शुभेच्छुकहरुप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

ज्ञानोदय माध्यमिक विद्यालय स्थानीय समुदायका सदस्यहरूको सामूहिक प्रयासबाट २०२० सालमा स्थापना भएको एक सुस्थापित, समुदायमा आधारित, सरकारद्वारा अनुदान प्राप्त शैक्षिक संस्था हो। यो विद्यालय विद्यार्थीहरूको समग्र विकासलाई समर्थन गर्ने गुणस्तरीय, व्यावहारिक र मूल्यमा आधारित शिक्षा प्रदान गर्न प्रतिबद्ध छ। ज्ञानोदयले पूर्व–प्राथमिकदेखि कक्षा १२ सम्मका शैक्षिक कार्यक्रमहरू प्रदान गर्दछ, जसमा राष्ट्रिय शैक्षिक मापदण्ड अनुसार २ स्तरमा विज्ञान, व्यवस्थापन, कानून र सिभिल इन्जिनियरिङ समावेश छन्।

Health Tips Ad Road Block