Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एक्सनमा स्वास्थ्य मन्त्रीः अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला गर्न कडा प्रतिबन्ध!

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८३ वैशाख १६ गते जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिलाई कडाइका साथ लागु गर्दै मन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा नयाँ निर्देशन जारी गरेकी छन्।
यस विज्ञप्ति र निर्देशन अनुसार अबदेखि अस्पताल परिसरमा सम्बन्धित संस्थाको पूर्व स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्‍याउने कार्यमा पूर्ण रोक लगाइएको छ।

बिरामीको गोपनीयता हनन हुने यस्ता गैरकानुनी कार्य गर्ने जो कोहीलाई ुमुलुकी अपराध संहिता २०७४ु र ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विज्ञप्तिमार्फत नै जानकारी गराइसकिएको छ।

मन्त्री मेहताले उपचारको क्रममा कुनै कमी–कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई आग्रह गरेकी छन्।

Health Tips Ad Road Block