काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा वर्ष ४६ का श्रेष्ठलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार ‘नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको मिति २०८३/०१’०८ गते, च. ६२१५ को पत्रद्वारा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनि लि. समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसूर गरेको भन्ने उल्लेख भई अनुसन्धान तथा छानविनको लागि निष्कर्ष तथा सुझाव सहितको प्रतिवेदन यस ब्यूरोमा प्राप्त हुन आएकोमा उक्त कसूरमा संलग्न नेपाल माईक्रो इन्स्योरेन्स कम्पनि लि. का अध्यक्ष काठमाडौं जिल्ला कामनपा वडा नं. ३१ मिनभवन बस्ने वर्ष ४६ को आशिष श्रेष्ठलाई सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई आज मिति २०८३/०१/१५ गते काठमाडौं जिल्ला कागेश्वरी मनहरा न.पा. वडा नं. ५ बाट पक्राउ गरी थप अनुसन्धान भई रहेको।’ छ ।






















