काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीच भाडा सम्झौता छिट्टै हुने बताएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि र क्यानबीच सम्झौताको म्याद सकिएकाले पुनः सम्झौता गरिने बताए ।
राज्यले त्रिवि क्रिकेट मैदान धेरै खर्च गरेर बनाएकाले कसैले नभत्काउने उनले बताए ।





















