Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक, मूल्य ७२ लाख ५० हजार

सेग्मेन्टमै पहिलो ब्लेड व्याट्रीसहित नेपालमा भव्य लन्च

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

लन्च कार्यक्रमका प्रमुख अतिथि काठमाडौं वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रहेका थिए ।

यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१ के डब्लु एच ब्लेड व्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो। यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेन्ज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउने कम्पनीको दाबी छ ।

यससँगे १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ।

किंग लङ्ग सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्‌दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। नेपालभर किंग लङ्गले हालसम्म ५,००० युनिट विक्री, २६० चार्जिङ स्टेशन, २०० सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको जनाएको छ।

नयाँ किंग लङ्ग १६ सिटर रु. ७२,५०,००० रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध रहेको र यसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्ने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block